Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर…
विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना…
भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भक्तपुरस्थित नवदुर्गा मन्दिरमा…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
- बाढी पूर्वसूचना प्रणाली विस्तारदेखि चार हिमतालको जोखिम घटाउनेसम्म सरकारका मुख्य योजना
- असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशमा पनि पुनः सुरु
- सुन्दर मानुङकोट [फोटो फिचर]
- सुन तोलामा ११ हजार ७०० रुपैयाँ सस्तियो
- आज बडादसैँको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाइँदै
- आज महानवमी पर्व
Author: हाम्राे हेडलाइन
काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान बनाउन भारतलाई जित्नै पर्ने अवस्था छ । चार राष्ट्र सहभागी च्याम्पियनसिपमा भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उति नै अंक भएको घरेलु टोली बंगलादेश गोल अन्तरमा पछि रहेर दोस्रोमा छ ।
काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ खर्ब १५ अर्ब १४ रुपैयाँले बढेको छ। जुन गतवर्षको ६ महिनाको अवधीमा ४.२ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको पुस मसान्तसम्म निक्षेप १ खर्ब ७९ अर्ब ७ करोड (३.८ प्रतिशत) ले बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशतले बढेको छ। २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपौया मूल्य बढाएको हो । निगमले मूल्य बढाएसँगै अब पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टीतेल १७५ रुपैयाँ पर्नेछ । इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा प्रतिलिटर ७.९८ रुपैयाँ, मट्टितेलमा ४।६१ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ७।८० रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमले बताएको छ ।
काठमाडौं । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना बारेमा जाँचबुझ गर्न गठन भएको दुर्घटना जाँच आयोगले पहिलो रिपोर्ट सार्वजनिक गरेको छ। चालक दलका सदस्यसहित ७२ जनाले ज्यान गुमाएको उक्त दुर्घटनाको फ्लाइट डाटा रेकर्ड र ककपिट भ्वाइस डाटा रेकर्डहरुको विश्लेषण सार्वजनिक गरेको हो। सरकारले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो। उक्त जहाजको दुवै इन्जिन प्रोपेलर फेदर किन गयो भनी प्राविधिक र मानवीय पक्षबारे थप अनुसन्धान अगाडि बढाइसकेको जाँच आयोगको प्रतिवेदनमा भनिएको छ। आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने बताएकको छ। जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार जहाज दुर्घटनाको मुख्य कारण इन्जिनमा…
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै ६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। पुस सम्ममा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। गत वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको केन्द्रिय बैंकले जनाएको छ। गत वर्ष रेमिट्यान्स ५.० प्रतिशतले घटेको थियो । पुस एक महिनामा मात्रै १ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो महिना १ खर्ब २ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा मासिक रुपमा पनि रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेर २ लाख ७५…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल अगाडि बढाएका छन् । यस क्रममा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिएपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न छलफल सुरु गरेका हुन् । रास्वपाले आइतबार मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
लमजुङ । बेसिशहर नगरपालिका-११ चिति तिलाहरमा ‘तेस्रो सेभेन ए साइड ’खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १ गतेदेखि चिति युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथमले नगद ७५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितीयले नगद ४५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमि फाइनलमा प्रवेश दुवै टिमले नगद १० हजार प्राप्त गर्नेछन् । यस्तै सर्वाधिक गोलकर्ताले नगद २५ सय, ट्रफि, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीले नगद २५ सय ट्रफि, मेडल र प्रमाणपत्र, उत्कष्ट गोल रक्षकले नगद २५ सय ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नेछन् । प्रतियोगिताका लागि यहि माघ २९ गतेदेखि फागुन १…
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ५० करोडको १० प्रतिशतले हुने रु पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र १० हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी चार लाख १५ हजार…
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध भएकी छन् । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको जनाइएको छ । राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले पनि अर्याललाई समर्थन गरेको थियो ।
एजेन्सी । टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जना नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण आएको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बेलायती अखबार दि गार्डियनले जनाएको छ । शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
