काठमाडौं । यती एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगले अध्ययन प्रतिवेदनको मस्यौदा सरकारलाई बुझाएको छ। बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष अन्तिम मस्यौदा बुझाएको हो।
२०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको–एन एनसी विमान पोखरा आन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो। आयोगले बुझाएको मस्यौदा सुझाव सहित २ महिनापछि सार्वजनिक गरिने छ।