काठमाडौं । काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव टेकराज पन्थी नियुक्त भएका छन् ।
पन्थीलाई शुक्रबार नगरपालिकाले भव्य स्वागत गरेको छ । उनलाई नगरपालिकाका प्रमुख दीपक रिसाल र उपप्रमुख सान्नानी लामाले स्वागत गरेका छन् ।
यस अगाडि रुपन्देहीको बुटवल उप–महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । स्थानीय तहको अब्बल र अनुभवी प्रकाशकको रुपमा पन्थीलाई चिनिने गरिएको छ ।
निवर्तमान नगरपालिका प्रमुख प्रकाशकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा करिब २२ महिनासम्म नगरपालिकामा सेवा गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । नगरपालिकाले पन्थीलाई स्वागत गरेको छ भने सापकोटालाई फेरी भेटौला भनी बिदाइ गरिएको छ ।
स्वागत तथा फेरी भेटौला कार्यक्रममा नगर प्रमुख दीपक रिसालले प्रमुख प्रशासकीय अधिकृतले शालिनताका साथ सम्भव भएसम्मका सेवाग्राहीका काम सहज रुपमा गर्न नवनियुक्त प्रमुख प्रकासकीय अधिकृतलाई आग्रह गरे ।
नगरपालिकामा सभ्य र शालिन व्यक्ति बस्ने भन्दै शालिन भएर सेवा प्रवाह गर्न उनले प्रमुख प्रकासकीय अधिकृतलाई अनुरोध गरे ।
रिसालले बाँकी चार वर्षमा यतिकै रुपमा नगरपालिकाले विकास निर्माणको काम गर्न सकियो भने गोकर्णेश्वर नगपालिकालाई नमूना नगरपालिकाको रुपमा बनाउन सकिने स्पष्ट पारे । नगर सभा र कार्यपालिकाले गरेका निर्णयलाई कार्यान्वयन गर्ने काममा नवनियुक्त प्रमुख प्रकासकीय अधिकृतबाट थप सहजता हुने उनले विश्वास व्यक्त गरे ।
बिदाइ हुँदै निवर्तमान प्रमुख प्रकासकीय अधिकृत सापकोटाले अझै पनि सरकारले जनप्रतिधिको क्षमता वृद्धि गर्न नसकेको भन्दै उहाँले सरकारले अब पहिलो प्राथमिकता राखेर स्थानीय तहका जनप्रतिनिधिको क्षमता विकास गर्नुपर्नेमा जोड दिए । सापकोटाले नगरपालिकामा बसेर काम गर्ने क्रममा कुनै कमीकजोर भए वा कर्मचारीलाई कडा शब्द प्रयोग गरेको भए पनि त्यसलाई बिर्सनसमेत सबै कर्मचारीलाई आग्रह गरे ।
नगरपालिकाका जनप्रतिनिधि पूर्णरुपमा सहयोगी भएको भन्दै सबै जनप्रनिधिलाई धन्यवाद प्रदान गरे । नव नियुक्त प्रमुख प्रशाकीय अधिकृत पन्थीले सुशासन र सेवा प्रवाह गर्ने क्रममा आफ्नो क्षमताले भ्याएसम्म कुनै कमीकजोरी नराखिने बताए । पन्थीसँग यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन शाखामा बसेर काम गरेको अनुभव छ ।