काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिकोण बेभरेज इन्टस्ट्रीजलाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।महानगरपालिकाको बजार अनुगमन समितिले अनुगमनका क्रममा पानीको जारमा किरा भेटिएपछि जरिवाना तिराइएको महानगरका निरीक्षक अधिकृत डा. अवशेष झाले जानकारी दिए ।
महानगरले बलाजु औद्योगिक क्षेत्रमा रहेको उक्त कम्पनीको कारखाना पनि अनुगमन गरेको थियो । जरिवानासहित महानगरले अब उप्रान्त जारमा पानी भर्नुअघि निर्मलीकरण गरीट भर्न र ब्याज रिपोर्ट पानी ढुवानीकर्तालाई प्रत्येक महिना उपलब्ध गराउन पनि कम्पनीलाई निर्देशन दिएको छ ।