काठमाडौं । जाजरकोट भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।
उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।