काठमाडौं । घोराहीमा श्रीमान्को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार राति तीन राउन्ड गोली प्रहारबाट मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बुढालाई आफ्नै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको आशंका गरिएको छ । तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँक्री बिहीबार घोराही आएर थापा को हत्या गरेको आशंका छ ।