काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै सवारी साधनले ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
मन्त्रालयको आयोजनामा आइतबार पोखरामा भएको मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले अबदेखि आफ्नै सवारी साधन वा ट्रायल दिने व्यक्तिको सहमतिमा उपलब्ध साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
गण्डकीमा हालसम्म आफ्नो सवारी साधन वा आफूले रोजेको सवारी साधनबाट ट्रायल दिने व्यवस्था छैन। हाल टेण्डर गरी ठेक्का पाउनेले उपलब्ध गराएको थोत्रा सवारी साधनबाट ट्रायल दिनुपर्ने बाध्यता छ। जसले गर्दा ट्रायलमा फेल हुने संख्या बढेको भन्ने जनगुनासो छ।