यो नयाँ वर्षको आगमनमा
लौ न उत्साह आएन
आओस् पनि कसरी ?
वर्तमानको यो मन्दीमा
आर्थिक चहल पहल नै
नभएको यो मौनतामा ।
अझ भनौं यो शुन्यतामा
हिजो रमाएका मनहरु
आज पनि त्यसरी नै
रम्न चाहन्थे
तर के गर्नु
ति रमाउन चाहने जोशीला मनहरु
यो आर्थिक मन्दीले
फत्रक्कै गलेका छन्
उठ्ने नसक्ने भएर ढलेका छन् ।
यो आर्थिक मन्दीमा
जीवन न्यूनकै लागि
यहाँ मान्छे मर्न खोजिरहेछ ।
तर बिडम्बना
हामीले उसलाई
संघर्षको बाटो
कहिल्यै देखाउन सकिएन
त्यसैले त अब हाम्रा युवा
मुग्लान हानीने भो
यहाँ रोजीरोटी चल्दै नचलेपछि
अब ऊ खाडीमै तानीने भो
हरे भोकाएको पेटसँगै
वैदेशिक रोजगारीको लागि
साइतको टिका लगाएर
एयरपोर्ट छिर्नेहरुको
लर्कन देखिन्छ नि त्यहाँ जब
कठै यि हाम्रा गाउँघरमा
वृद्ध र अशक्त मात्र बाँकी रहेर
शव नै उठाउन नसक्ने
विडम्वना पो हुने भो अब
स्थिर घिमिरे
बेसिशहर नगरपालिका-११ लमजुङ ।