काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका ४ कै ५० वर्षीय रमेश पहरीको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।
उनले कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो। मंगलबार सोही डढेलो निभाउँदा घाइते भएका शंकर पहरीको मृत्यु भएको थियो।
दुवै जना मंगलबार दिउँसो डढेलो निभाउने क्रममा घाइते भएका थिए।