काठमाडौं । महिला,बालबालिका तथा समाज कल्याण एकाइ दोर्दी गाउँपालिकाको आयोजनामा बालविवाह तथा बालबालिकामाथि हुने दुर्व्यवहार न्यूनीकरण सम्बन्धी “१ दिने अभिमुखीकरण कार्यक्रम“ शुरु भएको छ ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा दोर्दी गाउँपालिका उपाध्यक्ष बिच्छ बहादुर घले,प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले,सामाजिक विकास संयोजक अम्बिका मरहट्टा,वडा सदस्य धन कुमारी गुरुङ,श्रीमन्ज्याङ प्रहरी चौकी प्रमुख हरिराम बोहरा लगायतको उपस्थिति रहेको थियो।
१ दिने अभिमुखीकरण कार्यक्रमको प्रशिक्षक फलेनी मा.वि.का शिक्षक केदार बोहरा रहेका छन् । दोर्दी गाउँपालिका भित्रका विभिन्न विद्यालयबाट ३१ जना विद्यार्थीहरुको उपस्थिति रहेको छ भने कार्यक्रमको सहजीकरण महिला,बालबालिका तथा समाज कल्याण एकाइ प्रमुख रन्जु विश्वकर्मा रहेकी छन् ।