काठमाडौं । चितवनको इच्छाकामना ३ मा पर्ने फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ । लगातार परेको वर्षाको कारण फिस्लिङभन्दा केही अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुबैतर्फ बाटो खुलाउने काम भइरहेको र दिउँसोको करिब १ः५० बजे खसेको पहिरो पन्छाउन एक घण्टाभन्दा बढी लाग्ने जनाइएको छ ।