काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।
कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको हो।
प्रमुख समेचक रमेश लेखकले विज्ञप्ति जारी गर्दै शुक्रबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।