काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख १२ हजार रुपैयाँ घुस रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले सोमबार दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई पक्राउ गरेको हो ।
कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।