काठमाडौं । क्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हाल थुनामा रहेका उनीमाथि अब प्रहरीले ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ।
हिरासतमा नराख्न माग गर्दै परेको रिटमाथि बिहीवार सुनुवाइ गर्दै बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
झा असार १४ गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतको अनुमतिमा प्रहरीले उनलाई संगठित अपराधमा अनुसन्धानका लागि हिरासतमा राखेको थियो।