काठमाडौं । कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिनभर कोशी प्रदेशमा झरी पर्ने छ । भोलि पनि वर्षाको सम्भावना छ ।
कोशी प्रदेशमा केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा छ । त्यसैले यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने सम्भावना छ ।
यसअघि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पुर्याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
२०८१ असोज १६ गते (बुधबार)
दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
रातीː कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
२०८१ असोज १७ गते (बिहीबार)
दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र वागमती प्रदेशका एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
रातीː कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।