काठमाडौं । साताको दोश्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से २२.१४ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २७ सय ६०.२१ को बिन्दुमा कायम रहेको छ।
बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।अघिल्लो कारोबार दिन ९ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ११ अर्ब ३१ करोडको कारोबार भएको छ ।
आज कारोबारमा आएका ३०२ कम्पनी मध्ये १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।