काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. सञ्चालन तथा सुपरीवेक्षण कार्यालय विराटनगर अन्तर्गतका ४२ वटा शाखाको चालु आ.व. २०८१÷८२ प्रथम त्रैमासिक समीक्षा तथा दोस्रो त्रैमासिक रणनीति विषयमा समीक्षा बैठक सम्पन्न भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । सञ्चालन तथा सुपरीवेक्षण कार्यालय विराटनगरमा प्रबन्धक गोविन्द प्रसाद ढुंगेलको सभापतित्वमा सम्पन्न गोष्ठीको सञ्चालन सुपरीवेक्षण कार्यालय विराटनगरका उपप्रबन्धक कुमुदमोहन झाले गरेका थिए भने स्वागत मन्तव्य दिपक खवासले गरेका थिए ।
कार्यक्रमको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाल तथा कर्जा लगानी तथा असुली विभागका विभागीय प्रमुख मोतीराम अधिकारीले प्रकाश पारेका थिए ।
संस्थाले लघु व्यवसाय कर्जा तथा लघु उद्यम कर्जाको माध्यमबाट स–सानो व्यवसाय गर्ने उद्यमीलाई सरल व्याजमा कर्जा लगानी तथा ग्राहक सदस्यहरुलाई आय आर्जनमा सहयोगी बनी समाज उत्थानमा गुणस्तरीय भूमिका निर्वाह गर्दै आएको छ ।
		
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					