काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएटको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । आचार्यले २ सय ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्मृति ढुंगानाले १ सय ९२ मत ल्याएकी छन् । यस्तै उपाध्यक्षमा २ सय १७ मत ल्याएर पुष्पा थपलिया विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी पवित्रादेवी ढकालले १ सय ८६ मत ल्याएकी छन् ।
यस्तै महासचिवमा अशेष अधिकारी २ सय ५४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी भानु भट्टराईले १ सय ६७ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा ध्रुव तुलाधार, सचिवमा खुला सुरज पौडेल, कोषाध्यक्षमा राजेन्द्र प्रजापती, समावेशीतर्फ सचिवमा विक्रम सुनार निर्विरोध भएका छन् ।