काठमाडौं । सोलुखुम्बु लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।
गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतका अनुसार हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन । आइतबार बिजुली आएको र आगो लागेको उनले बताइन् । हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् ।
हेर्नुहोस् भिडियो