काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका ११ चिति तिलाहरका एक युवकको उपचारका लागि सहयोगको याचना गरिएको छ । विगत ३,४ वर्षदेखि मानसिक रुपमा बिरामी भएका २१ वर्षीय मनोज बरालको उपचारका लागि सहयोगको याचना गरिएको हो ।
विपन्न परिवारका मनोजको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् ।
मनोजकी आमा माया बराल(वि.क)ले भनिन्,‘छोराको उपचारका लागि ३,४ वर्षमा लाखौ रकम सकिएको छ । अझै चितवनमा उपचार भइ रहेको छ । उपचार खर्च अभावका कारण उपचार नै रोकिने अवस्थामा पुगेको छ ।’
मनोजको उपचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले आमा माया बराल(वि.क)को फोन नं. ९७०२३८५३६६, अथवा बहिनी मनु बरालको लक्ष्मी सनराइज बैंकको खाता नम्बर ०२७११४७०३३३०१००१ मा सहयोग गर्न सक्नुहुन्छ ।
यस्तै बेसिशहर नगरपालिका ११ को वडा कार्यालयले भने बिरामी मनोजको उपचारका लागि सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।