काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात दिने स्पष्टीकरण सोधेएको छ । गृहमन्त्री रमेश लेखकले विश्वास गरेका सचिव दुवाडीलाई प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोध्नु अर्थपूर्ण मानिन्छ ।
दुवाडी भिजिट भिसामा विदेश जाने नेपालीहरुबाट त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट हुँदै आएको अशुलमा समेत कनेक्सन जोडिएको आरोप लाग्ने गरेको छ ।
प्रधानमन्त्री कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै स्पष्टीकरण सोधिएको हो । हाल विदेश भ्रमणमा रहेको मौका छोडेर उनलाई स्पष्टीकरण सोधिएबाट गृहमन्त्री लेखक थप नैतिक संकटमा पर्ने देखिएको छ ।