काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र जनताको बृहत्तर हितका लागि सत्तापक्षसँग दुईबुँदे सहमति गरिएको बताएका छन् ।
शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति भएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको बताए । अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको बताए ।