काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि संसदमा विरोध जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाका सांसदहरुले विरोध जनाएका हुन् ।
यसअघि नाराबाजी गर्ने गरे पनि आज भने मौन रुपमा ‘वेल’ मा बसेर विरोध जनाएका हुन् । त्यसो त आजै आकस्मिक समयमा रास्वपाको तर्फबाट सांसद हरि ढकालले आफ्नो धारणा राख्दै आफूहरुको माग पूरा नभएसम्म निरन्तर आन्दोलन जारी रहने बताए ।