काठमाडौं । सरकारले आज मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेको छ । नयाँ मन्त्रिमण्डलमा को को सहभागी हुने भन्ने चर्चा चलिरहँदा विभिन्न नाम चर्चामा आएका छन् ।
नयाँ मन्त्रीमा महावीर पुन, जगदीश खरेल, मोहना अन्सारी, अनिल सिन्हासहितको नाम चर्चामा छ । प्रधानमन्त्री सुशीला कार्कीले समाजमा प्रतिष्ठित विभिन्न क्षेत्रका व्यक्तिलाई नेतृत्व लिन आग्रह गर्दै आएकी छन् । उनले गरेको आग्रहलाई केहीले अस्वीकार गरेको पनि पाइएको छ।
जसमा मोहना अन्सारीको नाम चर्चामा छ । अन्सारी राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य हुन् । त्यस्तै वैज्ञानिक पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् । खरेल इमेज च्यानलका प्रधान सम्पादक हुन भने सिन्हा पूर्व न्यायाधीश हुन ।