काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको छ। यससँगै बजारमा गिरावट देखिएको छ।
बिहीबार ३११ कम्पनीका ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ लाख ८६४ रुपैयाँमा खरिद–बिक्री भएका छन्। अघिल्लो दिन बुधबार ३ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएका ३११ स्टकमध्ये १९७ कम्पनीका मूल्य घटेका, ४५ कम्पनीका बढेका र ९ कम्पनीका मूल्य स्थिर रहेका छन्।
आज हिमालयन पावरको सेयर ९.९३ प्रतिशतले, कालिका लघुवित्त ५.६९ प्रतिशतले, इन्फिनिटी लघुवित्त ३.८९ प्रतिशतले, सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३.७९ प्रतिशतले र एमबीएल इक्विटी फण्ड २.७२ प्रतिशतले बढेको छ।
आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमको आधारमा मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रह्यो र १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, नेपाल रिइन्स्योरेन्स १३ करोड, शिवम् सिमेन्ट ११ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र हिमालयन रिइन्स्योरेन्स ९.९ करोड मूल्य बराबरको सेयर कारोबार भएका छन्।
उपसूचकको दृष्टिले हेर्दा बैंकिङ र म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएको छ।