काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले आज शीतल निवासमा चारवटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गरेका छन्।
राष्ट्रपतिको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री र अन्य मन्त्रीहरू समेत सहभागी थिए। छलफलको मुख्य फोकस आगामी निर्वाचनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने उपायमा रहेको थियो।
बैठकका क्रममा सुरक्षा निकायका प्रमुखहरूले आवश्यक सुरक्षा व्यवस्था मिलाउन पूर्ण तयार रहेको जानकारी गराएका छन्। साथै, विगतका चुनावमा जटिल परिस्थितिमा पनि सफल मतदान सुनिश्चित गर्न सकिएको दृष्टान्तहरू प्रस्तुत गरिएका थिए।
राष्ट्रपति र प्रधानमन्त्री दुवैले निर्वाचनको प्रक्रिया निष्पक्ष, सुरक्षित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।

