काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ। उनीहरूले हिजो विशेष महाधिवेशनमा प्रतिवेदन पेस गरेका थिए।
शर्माले प्रतिवेदनलाई ‘बदलिएको देश/बदल्नुपर्ने काँग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ नाम दिएका थिए भने बन्द सत्रमा महामन्त्री थापाले राजनीतिक र नीति सम्बन्धी प्रतिवेदन पेस गरेका थिए। योसँगै आजका लागि बन्द सत्र सकिएको छ।

