काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ सोमबार हुने भएको छ । सांसद केसीको शपथ सोमबार बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुन लागेको छ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने र ज्येष्ठ सदस्यले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था छ ।
संघीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ ।

