काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी २३ जना उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले सरुवा तथा पदस्थापनसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारीसमेत हेरफेर गरेको हो।
सरुवा सूचीअनुसार गृह मन्त्रालयमै कार्यरत केही सहसचिवलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ। त्यस्तै, केही जिल्लाका सिडिओको समेत सरुवा गरिएको छ।
गृह मन्त्रालयले प्रशासनिक व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित कर्मचारीको सरुवा तथा पदस्थापन गरेको जनाएको छ।
को–कहाँ ? यस्तो छ सरुवा तथा पदस्थापनको सूची :


