काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बिहीबार साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो।
सुन बरामदसँगै प्रहरीले केही व्यक्तिलाई समेत पक्राउ गरेको छ। तर, पक्राउ परेका व्यक्तिहरूको विवरण प्रहरीले खुलाएको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको पहिचान र सुनका सम्बन्धमा विस्तृत विवरण प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

