काठमाडौं । कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार दाजुभाइबीचको मिलन, भ्रातृत्व र एकताको भाव समेटिएको गीत सार्वजनिक गरेको हो ।
सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतले दाजुभाइबीचको सम्बन्ध, आपसी विश्वास र एकताको महत्त्वलाई प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा स्वर्गलोकका युधिष्ठिर धर्तीमा रहेका आफ्ना भाइहरू समस्यामा परेको थाहा पाएपछि उनीहरूको खोजी गर्दै आएको देखाइएको छ । चलचित्रको कथावस्तुको भाव बुझ्नसमेत सहयोग गर्ने गीतले भाइभाइबीचको एकतामा रहेको शक्ति र त्यसको अर्थलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । ‘पाँच पाण्डव’ दाजुभाइबीचको सम्बन्धमा आधारित चलचित्र हो ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन् । भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी, श्याम तामाङको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको अन्तिममा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन् ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रमा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउने निर्माण टिमले जनाएको छ ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पाण्डवको भूमिकामा छन् । त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन् । नवीन श्रेष्ठले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार यो चलचित्र ‘सोसल ड्रामा’ अर्थात् सामाजिक कथामा आधारित चलचित्र हो । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नु चलचित्रको उद्देश्य रहेको उनले बताएका छन् ।
तिहारको अवसर पारेर चलचित्र कात्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउने तयारीमा छ ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि…
काठमाडौं । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा…
काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि…
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि त्यसको प्रभावले नेपालका विभिन्न…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, October 29
ताजा :
- कांग्रेसको नयाँ नेतृत्वले लियो शपथ, चार सदस्यको शपथ रोकियो
- सोमपालको कप्तानी इनिङमा कर्णाली याक्सको लगातार दोस्रो जित
- तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो
- चक्रवात ‘अर्नब’को प्रभावबाट जोगिन सरकारको उच्च सतर्कता, वर्षा र हिमपातको जोखिम
- नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, परिसूचक २६९५ बिन्दुमा
- आईजीपी कार्कीले बोलाए प्रहरी नीति समन्वय समितिको बैठक, सातै प्रदेशका प्रहरी प्रमुख काठमाडौंमा
- सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यममाथिको विभेद रोक्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न निर्देशन
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले शुल्क तिर्नुपर्ने
- एप्पलले ल्यायो एम–६ चिपसहितको नयाँ म्याकबुक प्रो, २४ घण्टासम्म ब्याट्री टिक्ने दाबी
- पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित
‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

