काठमाडौं । प्रदेश १ को नामकरण विषयमा दर्ता भएका दुई प्रस्तावमध्ये किराँत–लिम्बुवान–सगरमाथाको प्रस्ताव अस्वीकृत भएको छ।
नेकपा एमालेले राखेको कोसी प्रदेशका पक्षमा ८२ सांसदहरुले हात उठाएपछि उक्त प्रस्ताव अस्वीकृत भएको हो। उक्त प्रस्तावको विपक्षमा भने चार जनाले हात उठाएका थिए।
दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद् सचिवालयले जनाएको छ। नेकपा एकीकृत समाजवादी र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भन्दै अस्वीकृत गरिएको हो।
प्रदेशको नाम कोसी हुनुपर्ने नेकपा एमालेको प्रस्ताव थियो। उक्त प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका हुन्। यस्तै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किराँत–लिम्बुवान–सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेका थिए।
उक्त प्रस्ताव पारित हुनका लागि ६२ सांसद आवश्यक हुन्छ। प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।