काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी र उनका उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पुर्जी दिएको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मुछिएका रायमाझी र उनका छोरालाई अनुसन्धानका लागि पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ ।
यसअघि बुधबार काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्व सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको हो ।