काठमाडौं । कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका हुन् ।
कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा पुगेको हो । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ ।