काठमाडौं । । इजरायल र हमासबीचको युद्धका कारण फसेका नेपालीको उद्धार गर्न आज नेपाल एयरलाइन्सको विमान इजरायलका लागि प्रस्थान गर्ने भएको छ।
इजरायलका लागि नेपाल एयरलाइन्सको विमान आज राती ११:३० बजे उड्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुबई ट्रान्जिट हुँदै सो विमान इजरालय पुग्नेछ।
नेपाल फर्कन चाहनेका लागि दूतावासले सुरु गरेको अनलाइन दर्ता प्रक्रियामा ३५० भन्दा बढीको नामावली संकलन भइसकेको छ। इजरायलका विभिन्न सहरमा करिब ४ हजार नेपाली रहेको बताइन्छ। हिंसाग्रस्त क्षेत्रमा भने धेरैजसो नेपाली विद्यार्थी रहेका छन्।
नेपालसँगै अन्य देशले पनि इजरालयमा फसेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन विमान पठाउँदैछ। तर, इजरायलले स्वीकृति नदिँदा धेरै विदेशी इजरायलमै फसेका छन्। फ्रान्सले पनि बिहीबार आफ्नो नागरिक लिन विमान पठाउने तयारी गरिरहेको छ।