काठमाडौं । हुम्ला सिमकोट गाउँपालिकाले काली चोकदेखि माथिल्लो गाउँ लादेबाडा सम्मको सडकलाई चौडासँगै ढलानका लागि सार्वजनिक जग्गा खोजी र नक्साङ्कन गर्ने कार्य शुरु गरेको छ ।
सिमकोट गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुवास आले आएसँगै यो आर्थिक वर्षमा सिमकोट गाउँपालिका भित्रका सार्वजनिक जग्गाको खोजी,नक्साङ्कन र जग्गा वर्गीकरणको कामलाई पहिलो प्राथमिकतामा राखेको पाइएको छ । सिमकोट बजारलाई व्यवस्थित गर्नका लागि मुख्य सडक र सहायक सडकलाई छुट्याइ त्यसलाई ढलान गर्ने कार्यलाई प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।
आफुलाई कुनै लोप लालच नभएको र हुम्लामा बस्दा रहँदा केही उदारणीय काम गर्न पाएको भए आफुलाई सन्तुष्टि मिल्ने पनि उनले बताए ।
सिमकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सपथ लिएसँगै गाउँपालिकाका कर्मचारी, अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य सबैको साथ सहयोग पाएकोले सिमकोट विकासका लागी आफु उत्साहित भएको बताएका छन् ।
शनिबार सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया, प्रमुख प्रशासकिय अधिकृत शुवास आले, नापीका कर्मचारी, सुरक्षाकर्मी लगाएत सरोकारवालाले काली चोकदेखि माथिल्लो गाउँ लादेबाड बीचमा रहेको सार्वजनिक जग्गाको खोजी र नक्साङ्कन गर्ने कार्यको सुरुवात गरेको छ ।