काठमाडौं । बाराको कलैयास्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए । उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो ।
हत्यामा संलग्न आरोपमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन् । परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।