काठमाडौं । नेकपा एमाले एमाले कोशी प्रदेश संसदीय दलले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मत कायमै राख्ने निर्णय लिएको छ।
सोमबार बसेको एमाले प्रदेश संसदीय दलकाे बैठकले समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे हाे।
बैठकले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरी राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्नेलगायतको निर्णय पनि गरेको छ।