काठमाडौं । सरकारबाट आममाफी पाएका टीकापुर घटनाका दोषी रेशमलाल चौधरीविरुद्ध दायर भएको रिटमा आज अन्तिम सुनुवाइ हुँदैछ ।
टीकापुर हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
१५ जेठमा गणतन्त्र दिवसको अवसर पारी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद मिनाहा गरेका थिए । राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शीतलनिवास तथा चौधरीलाई विपक्षी बनाइ रिट दायर गरेकी थिइन् ।
७ भदाै २०७२ मा टीकापुरमा थरुहट आन्दाेलनका क्रममा हिंसा भड्किँदा एक नाबालकसहित आठ प्रहरीकाे क्रुर हत्या भएकाे थियाे । नाबालकसहित सात प्रहरीकाे घटनास्थलमै र एक प्रहरीकाे उपचारका क्रममा निधन भएकाे थियाे ।
उच्च र सर्वाेच्च अदालतले याे नरसंहारमा दाेषी पाइएकाे भन्दै रेशमलाई जन्मकैदकाे फैसला सुनाउने जिल्ला अदालत कैलालीकाे फैसला सदर गरेका थिए । तर, राजनीतिक दाउपेचका आधारमा उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका छन् ।