काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका –९ की २६ वर्षीया गर्भवती शोभा वि.क र उनको शिशुको मृत्युपछि आफन्तले लमजुङ अस्पतालमा प्रदर्शन गरेका छन् ।
अस्पतालको लापरबाहीकै कारण शोभा र उनको शिशुको मृत्यु भएको भन्दै अस्पतालको गेटमा आफन्तले प्रदर्शन गरेका हुन् ।
विकलाई सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार दिउँसो शल्यक्रियामार्फत बच्चा निकाल्दा मृत शिशु जन्मिएको अस्पताल प्रशासनले जनाएको छ ।
सुत्केरी आमाको समेत रगत बग्ने समस्या देखिएपछि मंगलबार साँझ नै चितवन मेडिकल कलेज रिफर गरिएको थियो । तर शोभको उपचारको क्रममा सोहि दिन नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदर्शनपछि अस्पताल व्यवस्थापन समिति, आफन्त, अस्पतालका प्रमुखसहित टोली वार्ताका लागि जुटेको छ ।