काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने वा थुनामै राख्ने भन्नेबारे उच्च अदालत पाटनका न्यायाधीशबीच राय बाझिएको छ ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिँदा अर्का न्यायाधीश जनकराज पाण्डेले धरौटीमा छाड्नुपर्ने राय दिएपछि निर्णय हुन सकेन । संयुक्त इजलासमा राय बाझिएपछि अब अर्को इजलास सुनुवाइ भएर आदेश हुने जनाइएको छ ।