काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठक सकिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी संकल्प यात्रा सकिएपछि संसद बैठक बोलाउने सहमति भएको छ ।
सोमबार बिहान बसेको बैठकमा सत्तागठबन्धन दलका शीर्ष नेताहरू सहभागी थिए । बैठक सदन सञ्चालनमा केन्द्रित भएको बताइएको छ ।
बैठकमा सदनमा थन्किएका विधेयकहरू अघि बढाउने विषयमा पनि छलफल भएको छ । त्यस्तै बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन, एनसेल, सुन तस्करीलगायतको विषयमा पनि भएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन दलबीच भागबन्डामा पनि करिब मिलेको बताइएको छ ।