काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ उत्साहप्रद र सफल भएको बताएका छन्।
यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको असाधारण सहभागी रहेको बताए।
‘हाम्रो यात्रा उत्साहप्रद र सफल भयो। यसमा जनताको चासो, सरोकार, साथ, सहयोग, समर्थन जुन कोणबाट हेर्दा पनि असाधारण सहयोग रह्यो,’ ओलीले भने।