काठमाडौं । राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहलाई नेपाली कांग्रेसले सिफारिस गरेको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यको उमेदवारका लागि समितिले ९१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
यसअघि पनि राष्ट्रियसभामा शाहको नाम चर्चामा थियो । तर, कांग्रेसले उनलाई उमेदवार बनाएको थिएन । राष्ट्रियसभा चुनाव रिक्त १९ सदस्यका लागि माघ ११ गते हुँदै छ ।