काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ ।
आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको र अहिलेको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री कार्यालयअन्तर्गतका ६८ जना कर्मचारी अब अरु कार्यालयमा पदस्थापना हुने उनले बताइन् ।