काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति उमेदवारी दर्ता गराएका छन् ।
सोमबार बिहान कोसी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् । सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् । गएको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार भएका हुन् ।
सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।