काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ। बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयले साेमबार सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिच प्रतिस्पर्धा हुँदैछ ।
संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।