काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले ३९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका छन् । राष्ट्रिय सभा बैठकमा गोपी सार्की अछामीले दाहालको प्रस्ताव पेस गरेका थिए ।
राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन थियाे ।