काठमाडौं । चैते दशैँको अवसर पारेर लमजुङको दोर्दी गाउँपालिका ८ खिन्चोकबेसीमा ‘छ्याङ्दी मिनी महोत्सव–२०८०’ आयोजना गरिएको छ ।
महोत्सवको एक समारोहकाबीच गाउँपालिका अध्यक्ष युवराज अधिकारी उद्घाटन गरेका छन् । महोत्सवमा ऐतिहासिक लोक संस्कृति प्रदर्शनी तथा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
महोत्सवमा गायक, गायिकाहरु चिज गुरुङ, पवित्रा गुरुङ, विष्णु गुरुङ, निमा तामाङ, शान्ति सुनार, पृथ्वी गुरुङ, रोशन पाण्डे, राज गुरुङ र आशराम गुरुङको प्रस्तुती रहनेछ ।