काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याएको छ । रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय भएको लुम्बिनी संसदीय दलका नेता लीला गिरीले जानकारी दिए ।
ढकाललाई शहरी विकास, पन्थीलाई गृह, खत्रीलाई सामाजिक विकास र केसीले वन मन्त्रालयको जिम्मेवारी पाउने सत्ता गठबन्धनको दलहरूबीच सहमति भएको छ ।
यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।